राप्रपा बैठकमा महामन्त्री राणाको आलोचना – Sagarmathapana:: Online News Portal

राप्रपा बैठकमा महामन्त्री राणाको आलोचना

   २०८१ माघ १२ गते  

केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको राजनीति दस्तावेजमा चर्को आलोचना भएको छ।

शुक्रबारदेखि सुरु भएको बैठकमा महामन्त्री धवलशम्शेर राणाको विचार   केन्द्रीय समिति सदस्यहरूलाई बाँडिएको दस्तावेजलाई महामन्त्री कुन्ती शाहीले वाचन गरेकी थिइन् । त्यसपछि बोलेका केन्द्रीय सदस्यले राणाको दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भन्दै आलोचना गरे ।

गणतन्त्रवादी पार्टी एमालेबाट आएका राणाले अध्यक्ष लिङदेनको निष्ठामा प्रश्न उठाएको भन्दै जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको भन्दै बैठकमा सहमहामन्त्री धनबहादुर बुढाले बोलेका थिए।महामन्त्रीज्यू कुनै बेला एमाले पार्टीमा हुनुहुन्थ्यो, एमाले राजसंस्थावादी पार्टी हो ?’ बुढाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टीका नेताहरू पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमान्दारीको प्रश्न गर्न मिल्छ ?अर्का सहमहामन्त्री प्रकाश रिमालले नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुन टुटफुटको शृंखलामा धकेल्ने  प्रयास भएको बताए।

पार्टीले थालेको खुल्ला आवेदन मार्फत पार्टीमा २० जना ४० वर्षमुनिका केन्द्रीय सदस्य ल्याउने प्रकृयालाई दुष्कर्मको संज्ञा महामन्त्री राणाले प्रस्तुत गरेको दस्तावेजमा उल्लेख छ उक्त दस्तावेजको अधिकांश केन्द्रीय सदस्यहरुले विरोध जनाएका छन् ।

केन्द्रीय सदस्य उद्धवराज भेटवालले दुष्कर्मको संज्ञा दिएको भन्ने शब्द फिर्ता लिएर युवाहरूसमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरे।केन्द्रीय सदस्य लोकेन्द्र कुँवरले पनि ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य बनाउने नवीन राप्रपाको कार्यक्रमको समर्थन गर्दै राणाको आलोचना गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । केन्द्रीय सदस्यहरूले बोलिसकेपछि पार्टीका पदाधिकारीहरूले बोल्ने र निर्णय गरेर बैठक सम्पन्न गरिने राप्रपाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै