म ७० वर्षको भएँ।मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु,’ प्रचण्डले भने। सरकारबाट बाहिरिए पछि म जहाँ गएको छु।जनताको अपार माया पाएको छु ।एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं।हाम्रो गल्ती कमिकमजोरीलाई सच्चाउदै त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ,’ प्रचण्डले भने तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको उनको दाबी थियो ।












