भाटभटेनी सुपर मार्केटको कर प्रणाली ह्याक गरेको कसुरमा २ जना पक्राउ

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको कर प्रणाली ह्याक गरेको कसुरमा २ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले चितवनबाट दुई जनालाई पक्राउ गरेको हो ।





चितवनमा अडिट फर्म चलाएर बस्ने उनीहरूलाई भाटभटेनीले गरेको उजुरी पछि अनुसन्धानको दायरमा ल्याइएको सीआईबीका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिए ।

‘कुल बिक्री २ अर्ब ३४ करोड १६ लाख ४२ हजारको ६ करोड २६ लाख ९४ हजार हुनु पर्नेमा १३ करोड ९ लाख ५९ हजार पु¥याइएको पाइयो,’ सीआईबीले प्रतिवेदनमा भनेको छ ।
















