सत्तारुढ दल कांग्रेस–एमाले साझा धारणा बनाएर अगाडि बढ्ने – Sagarmathapana:: Online News Portal

सत्तारुढ दल कांग्रेस–एमाले साझा धारणा बनाएर अगाडि बढ्ने

   २०८१ माघ १० गते  

१० माघ, काठमाडौं । प्रमुख दुई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले संसद्मा विचाराधीन विधेयकहरूबारे साझा मत बनाउन र कानुन निर्माणलाई गति दिन एवं अधिवेशन नरहेका बेला सरकारले जारी गरेका अध्यादेशका विषयवस्तुमा एउटै मत बनाउने प्रयासमा दुवै दलका नेताहरू लागि परेका छन्।

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ भन्छिन् सत्तारुढ दलहरूले एकै मत बनाएर अगाडि बढ्ने कुरा स्वभाविक हो।‘संसद्मा लामो समयसम्म विधेयक अड्किने समस्या छ,यसलाई चिर्नुपर्नेछ,‘कानुन निर्माणलाई गति दिन र विपक्षी दलहरूसँग विषयवस्तुमा कुरा गर्नसमेत सत्तारुढ दलका बीचमा साझा मत आवश्यक हुन्छ।यो स्वभाविक प्रयास हो ।

गत ९ पुसमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले गठन गरेको कार्यदलमा दुवै दलका संसदीय विभाग प्रमुख, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहेका छन् ।

कांग्रेसमा संसदीय मामिला विभाग प्रमुख जीवन परियार छन् भने एमालेमा योगेश भट्टराई छन् । एमालेको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल छिन् । कांग्रेसको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे र सचेतकमा सुशीला थिङ् छिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै