भारतमा भएको रेल दुर्घटनामा ४ जना नेपालीले ज्यान गुमाए
हिजो भारतको लखनऊबाट मुम्बई जाँदै गर्दा रेल दुर्घटना भएको छ।उक्त घटनामा १३ जनाको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् ।ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन् । उनीहरुको ठेगाना भने खुलाइएको छैन।
दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् भने दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ । दुर्घटना भारतको महाराष्ट्रको जलगाउँमा भएको थियो।












