प्रतिनिधि सभा सदस्य मोदीको चेतावनी ऋषिकेशले राजीनामा नदिए संसद् अवरोध गर्ने – Sagarmathapana:: Online News Portal

प्रतिनिधि सभा सदस्य मोदीको चेतावनी ऋषिकेशले राजीनामा नदिए संसद् अवरोध गर्ने

   २०८१ माघ १० गते  

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मार्ग प्रशस्त नगरेको खण्डमा संसद् बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

(बुधबार) समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र समितिका सभापति एउटै पार्टीको हुँदा स्वार्थ बाँझिएको बताए । सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेर मूल्य वृद्धि गराएको उनको आरोप छ ।

‘सार्वजनिक लेखा समितिका सभापति पनि त्यही पार्टीको, हामीले भनिराखेका छौं । प्रधानमन्त्री पनि त्यही पार्टीको, कहीँ न कहीँ तारतम्य मिलेन । त्यही भएर हामीले मार्ग प्रशस्त गरेको राम्रो भनेर पटक–पटक भनेका छौं । त्यो हिजो पनि भन्यौं, भोलि पनि बोल्छौं । यदि यस्तै हो भने संसदसमेत बहिस्कारको स्थिति हुनसक्छ,’– उनले भने ।

लेखा समितिमा आज पछिल्लो समय निर्माण सामाग्री सिमेन्टको मूल्य वृद्धिको बारे छलफल भएको थियो । सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेसँग उद्योगीहरुले ३६५ को पीपीसी सिमेन्टको बजार मूल्य बढाएर ६७० पुर्याएका थिए । त्यस्तै, ओपीसी सिमेन्टको मूल्य ४६५ बाट बढाएर ७५० पुर्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै