रित्तो गाग्री पुलिसलाई बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ – Sagarmathapana:: Online News Portal

रित्तो गाग्री पुलिसलाई बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ

   २०८१ माघ ८ गते  

काठमाण्डौ ।उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री पुलिसलाई बुझाएर सिंहदरबार छिरे खाली गाग्री लिएर सिंहदरबार छिर्न खोजेका  साम्पाङलाई प्रहरीले रोकेको छ ।


मङ्गलबार बिहान सिंहदरबारतर्फ बढेको साम्पाङलाई प्रहरीले अनामनगरस्थित हनुमानस्थानमै रोकेर गाग्री खोसेको छ ।

उनी गाग्रीविनै खानेपानी मन्त्रालय पुगेका छन् । सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए । मेयर साम्पाङ गाग्री बोकेर सिंहदरबार छिर्न खोजेपछि कडाइ गरियको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै