हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन परराष्ट्रमन्त्री डा. राणाको आग्रह – Sagarmathapana:: Online News Portal

हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन परराष्ट्रमन्त्री डा. राणाको आग्रह

   २०८१ माघ ८ गते  

काठमाडौं । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायन बिच युद्धविराम सम्झौता भए पश्चात परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।


टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा. राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिईन्।
जवाफमा अब्देल-अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् ।


युद्धविराम सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । उक्त सूची इजरायलले आइतबार सार्वजनिक गरिसकेको छ तर सूचीमा विपिनको नाम भने समावेश छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै