चितवनमा सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरी निलम्बित
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार सडक चेकिङ गर्दा सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बित भएका छन् ।



निलम्बन हुनेमा असई बुद्धिबहादुर भुजेल रहेका छन् । उनी चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत थिए यो घटना गत पुस १५ गतेको हो । भरतपुर महानगरपालिका–११ खोले गुम्बानजिकै बाइपास रोडमा यो घटना भएको मिश्रले बताए ।




भिडियो भाइरल भएपछि प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
सामाजिक सञ्जालमा दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।















