कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापा कुटिए
झापा । झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापा कुटिएका छन् । प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापालाई नेपाल विद्युत प्राधिकरण झापाका ड्राइभरले कुटपिट गरेको प्रहरीले जनाएको छ ।



बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार विद्युत प्राधिकरणका कर्मचारी सहितको समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक उनी माथि कुटपिट गरेको प्रहरीले जनाएको छ



कुटपिटबाट थापाको आँखामा चोट लागेको छ। झापाकै बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि अहिले उनी घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए।



विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद हुँदा हात हालाहहालको अवस्था आएको प्रहरीले जनाएको छ । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।














