लाओसमा गैरकानुनी काम गर्न बाध्य पारिएका नेपालीलाई स्वदेश फर्काइयो – Sagarmathapana:: Online News Portal

लाओसमा गैरकानुनी काम गर्न बाध्य पारिएका नेपालीलाई स्वदेश फर्काइयो

   २०८१ माघ ५ गते  

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा लाओसकोगोल्डन ट्रयाङ्गल लगी  गैरकानुनी काम गर्न बाध्य भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ ।

उनी सो स्थानबाट भागी थाइल्यान्ड छिर्न सफल भएसँगै थाई सरकारी निकायको सहयोगमा उनलाई शुक्रबार नेपाल फर्काइएको हो ।

थाइल्याण्डस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आग्रह गरेको छ ।

कानुन विपरीत छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन दूतावासले सबैलाई अनुरोध गरेको छ ।

कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायतका देशमा गैरकानुनी रुपमा पुगेका नेपालीहरू समस्यामा पर्दै आएको पटक पटक खबर सार्वजनिक हुँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै