मेस्सीले पहिलोहाफ मात्रै खेले
पिएसजी विजयीलियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) को घरेलु मैदानमा डेब्यु गरेका छन् । तर उनी दोस्रो हाफमा भने मैदान बाहिर गए ।
फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई २–१ ले पराजित गरेको छ । ५४ औँ मिनेटमा तोलेन्तिनो कोएल्हो डी लिमाले गोल गरी लियोनलाई सुरुवाति अग्रता दिलाएका थिए ।
६६ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा आइकार्डीले गोल गरी पिएसजीलाई जित दिलाए ।
सो गोलका लागि केलियन एमबाप्पेले सहयोग गरेका हुन् । जितपछि ६ खेलबाट १८ अंकसहित पिएसजी शीर्ष स्थानमा कायम छ ।












