गायिका मेलिना राईले इन्गेंजमेन्ट गरिन् इन्गेजमेन्ट, भोलि बिहे – Sagarmathapana:: Online News Portal

गायिका मेलिना राईले इन्गेंजमेन्ट गरिन् इन्गेजमेन्ट, भोलि बिहे

   २०८१ माघ ३ गते  

काठमाडौं । चर्चित पार्श्व गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् ।

शुक्रबार विवाह गर्न लागेकी उनले केही दिनअघि नै प्रेमी ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरिसकेकी छन् । इन्गेजमेन्टको तस्वीरमा उनीहरुलाई आ-आफ्नै मौलिक जातीय भेषभूषामा देख्न सकिन्छ ।


काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा मेलिना र ध्रुवको विवाह समारोह राखिएको छ । लमजुङ स्थायी घर भएका ध्रुव पेशाले चिकित्सक रहेको जनाइएको छ । मेलिना र ध्रुवले छोटो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

जादुयी स्वरले गायनमा लोभलाग्दो सफलता चुमेकी मेलिकाका दर्जनौं गीत लोकप्रिय छन् । उनले गाएको फिल्म ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुट सुपारी दाना’ युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतमा पर्छ । यसलाई युट्युबमा २१ करोड बढीले हेरेका छन् । यो गीतलाई उनको गायन करिअरको टर्निङ पोइन्ट मानिन्छ ।

मेलिनाको स्वरमा रहेका फिल्मी गीतहरु ‘माया जदौ’, ‘रातो टीका निधारमा’ (रिमेक भर्सन), ‘हुकुम बक्सियोस्’, ‘अजम्बरी लाउला पिरती’, ‘कम्मरमाथि पटुकी’ लगायत पनि निकै चर्चित छन् । उनको आवाजमा रहेको नयाँ गीत ‘डल्ले डल्ले खुर्सानी’ बुधबार मात्र सार्वजनिक भएको छ । यो गीत फिल्म ‘अञ्जिला’मा समावेश छ । देश-विदेशका सांस्कृतिक कार्यक्रममा मेलिनाको उच्च माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै