चलचित्र ‘महाभोज’को मङ्गलवार शुभ मुहूर्त सम्पन
काठमाडौं । नेपाली चलचित्र ‘महाभोज’को मङ्गलवार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गरिएको छ । बुधवारबाट चलचित्रको युनिट पोखरातर्फ लाग्ने छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दै छन् । पोखरा आसपासमा यो चलचित्रको छायाङ्कन हुने चलचित्रको छायाङ्कन ४५ दिनमा सक्ने लक्ष्य निर्देशक राउतको रहेको छ



यो चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतको अभिनय छ ।


पुजार सार्कीको सफलतापछि दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’को निर्देशन गर्न लागेका हुन् । निर्देशक राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन् ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्मातामा हिमाल कडरिया, कार्यकारी निर्माताहरूमा किरण नेपाली र सुदिप ढकाल छन् ।













