रविको तर्फबाट अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्दै – Sagarmathapana:: Online News Portal

रविको तर्फबाट अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्दै

   २०८१ पुष २९ गते  

काठमाडौं । काठमाडौंस्थित कालीमाटीको स्वर्णलक्ष्मी सहकारी गठी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको थुनछेक बहस जारी छ।  आज रविको तर्फबाट पनि बहस हुँदै छ।

लामिछानेको तर्फबाट भने पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्दै छन्। बहसका लागि दुई घण्टाको समय तोकिएको छ। समय छोटो भएकाले दुई जनाले मात्र बहस गर्न लागिएको रवितर्फका अधिवक्ताहरुले बताएका छन्।

लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । पहिलो दिन उनको बयान भएको थियो । बयान सकिए पनि थुनछेक बहस सुरु हुन सकेन । अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै