“कथा क्रियसन”को विज्ञापन पछी “म्युजिक भिडियो”मार्फत पनी प्रतिभा प्रस्तुत गर्न सुरुवात – Sagarmathapana:: Online News Portal

“कथा क्रियसन”को विज्ञापन पछी “म्युजिक भिडियो”मार्फत पनी प्रतिभा प्रस्तुत गर्न सुरुवात

   २०८१ पुष २९ गते  

काठमाण्डौ । कथा क्रियसनको पहिलो प्रस्तुती नेपाली गीत “थट्टै थट्टामा”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विज्ञापन को बजारमा नया प्रविधी,नया सोच  प्रयोगका साथ अगाडि बढि रहेको र छोटो समय मा नै चर्चा बटुल्न सफल युबा हरु को कथा कृयसन समुहले अब आफ्नो प्रतिभा लाई म्युजिक भिडियो मार्फत पनी प्रस्तुत गर्न सुरुवात गरेको हो।

      कथा क्रियसनको पहिलो प्रस्तुती नेपाली गीत     “थट्टै थट्टामा”को म्युजिक भिडियो सार्वजनिक

ममता गुरुङ र देबेन्द्र बरालको आवज रहेको उक्त गीतको शब्द सम्राट अधिकारी, संगित संराट अधिकारी र देबेन्द्र बराल,मिक्स र मास्टरिङ कुमार केसीको छ भने म्युजिक निर्माण बिष्णु आचार्यले गरेका गरेका छन् ।

म्युजिक भिडियोमा सम्राट,अधिकारी,श्रृष्टी सुब्बा, सन्तोष बोहरा, अनिस मगर,प्रसान्त मगर,स्याम पटेल र अधिनायक म्यान श्रेष्ठको अभिनय रहेको छ ।

म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रसान्त मगरले गरेका छन भने छायांकन बिबेक बिकको रहेको छ । जसमा ब्यावस्थापक स्याम पटेल, श्रींगार स्वेता मगर र भिडियो सम्पादन मनोज कार्कीले गरेका छन् ।

म्युजिक भिडियो कथा कृयसन युटुभ च्यानलबाट सार्वजनिक आज भएको छ । दोलाखा जिल्लाको पर्यटकीय स्थल कालिन्चोकमा छायांकन गरियो म्युजिक भिडियो निकै सुन्दर बनेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै