टेलिचलचित्र ‘माइतीघर’को दोश्रो भाग प्रसारण, पहिलोभन्दा लोकप्रिय हुने विश्वास (भिडियो)

काठमाडौं । धाराबाहिक टेलिचलचित्र ‘माइतीघर’को दोश्रो भाग प्रसारण गरिएको छ । हरेक शुक्रबार साँझ साढे ७ बजे बागमती टेलिभिजन र ८ बजे सामाजिक सञ्चाल माइतीघर टेलिचलचित्रकै आधिकारिक युट्युब च्यानल तथा बागमती टेलिभिजनको फेसबुक पेजमार्फत प्रसारण हुने यो टेलिचलचित्रको दोश्रो भाग सार्वजनिक भएको हो ।



टेलिचलचित्रको निर्माता नवराज अधिकारी र इश्वरी प्रसाद अधिकारी रहेका छन् । टेलिचलचित्रको पहिलो भाग अघिल्लो शुक्रबार प्रसारण हुनुका साथै सामाजिक सञ्जालहरु मार्फत पनि सार्वजनिक भएको थियो । टेलिचलचित्रलाई दर्शकहरुले अपेक्षा गरिएको भन्दा बढी माया गरेको भन्दै निर्माता तथा अभिनेतासमेत रहेका नवराज अधिकारीले खुसी व्यक्त गरे । टेलिचलचित्रलाई अझ स्तरीय बनाउन आफूहरुलाई उर्जा मिलेको उनले बताए ।


यो टेलचलचित्रले सामाजिक कथावस्तु बोकेको छ । एउटी युवती आफ्नो जन्मघर त्यागेर कर्मघरमा गएपछि आइपर्ने अवस्थालाई उतारिएको छ । अर्का निर्माता तथा अभिनेता इश्वरी प्रसाद अधिकारीले धारावाहिक विषयवस्तुका साथै समाजमा हुने विकृति विसंगतिका विरुद्धको सचेतनामुलक विषयवस्तु पनि समेटिने बताए । १० भागसम्मको छायाँकन समाप्त भइसकेको बताउँदै उनले यो टेलिचलचित्रलाई अविराम रुपमा निर्माण र प्रसारण गरिने जानकारी दिए ।













