थाहा फिल्म फेस्टिभल’ को दोस्रो संस्करण पुस २८ बाट सुरू
काठमाडौँ। यही पुस २८ गते आइतबारदेखि ‘थाहा फिल्म फेस्टिभल’ को दोस्रो संस्करण सुरू हुने भएको छ। मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा आयोजना हुने फेस्टिभल माघ १ गते मंगलबार सम्म चल्नेछ।


पर्यटनका लागि चलचित्र’ नारासहित आयोजना हुँदै आएको फेस्टिभलले फिल्ममार्फत् आन्तरिक पर्यटनलाई जोड्ने लक्ष्यसमेत लिएको छ।
फेस्टिभलमा सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शन गरिने छन्। फेस्टिभलमा सहभागिताका लागि पेस भएका ४६ फिल्ममध्येबाट जम्मा २० फिल्म छानिएको आयोजक थाहा कला केन्द्रले जनाएको छ।


फेस्टिभलमा सतीदेवी, ‘पखेटा, टुल्की, बाटो, लाखे, मोदीवेनी’ लगायतका फिचर फिल्म र सर्ट फिल्मतर्फ ‘बेली, अन्तर्वार्ता, द रोप अफ होप, निर्देश, दुई सय रुपैयाँ, खिल’ लगायत छन्। यस्तै, डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा, गल्र्स रिराइटिङ डेस्टिनी’ लगायत रहेका छन्।
फेस्टिभलमा फिल्म प्रदर्शनीसँगै ‘फिल्म समीक्षा’ र ‘नेपाली सिनेमाको विविधता’ जस्ता समसामयिक विषयमाथि छलफल समेत हुनेछ।


‘












