सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश – Sagarmathapana:: Online News Portal

सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश

   २०८१ पुष २५ गते  

काठमाडौं ।कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरणमा मुद्दा चलाइएको थियो । पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिएसँगै आदेश आएको हो । कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि लामिछाने छुट्ने छैनन् । उनीविरुद्ध पर्सा, रुपन्देही, चितवन र काठमाडौंमा पनि मुद्दा छ ।

‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धान पश्चात सम्बन्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसूरमा छुटी जाने भएमा सम्मानित अदालतहरुमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरुलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाई दिने व्यवस्था हुन अनुरोध छ,’– अभियोग पत्रमा जिल्ला सरकारी वकिलको कार्यालयले भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै