वाइडबडी खरिद अनियमितताको छानबिनको लागि संसदीय समिति बनाउन रास्वपा सांसदको माग
काठमाडौं । वाइडबडी खरिद अनियमितताको छानबिनको लागि संसदीय समिति बनाउन रास्वपा सांसदको मागरास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे छानबिन गर्नको लागि संसदीय समिति बनाउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसद खनालले यस्तो माग गरेका हुन् ।

उनले वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको बताउँदै नेपाली मुलकका बेलायती नागरिक दीपक शर्माले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेको प्रसंग निकालेका छन् ।

खनालले भने,‘नेपालमा अख्तियारले मुद्दा दायर गरेको छ। विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ । त्यहीभएर यो विषयमा संसदीय छानबिन समिति बनाएर हेर्नुपर्छ ।’














