काठमाडौंमा बिहानै ७.० म्याग्नेच्युडको भूकम्पको धक्का – Sagarmathapana:: Online News Portal

काठमाडौंमा बिहानै ७.० म्याग्नेच्युडको भूकम्पको धक्का

   २०८१ पुष २३ गते  

काठमाडौं । काठमाडौंमा मंगलबार बिहानै ठूलो भूकम्पको धक्का महसुस भएको छ ।

आज एकाबिहानै गएको भुकम्प ७.० म्याग्निच्युडको रहेको छ । संखुवासभा र ताप्लेजुङ वरपर नेपाल–चीन सीमा नजिक भूकम्प केहिबेर अघि बिहान ६ः५० बजे गएको थियो । काठमाण्डौ मा पनि भुकम्प को झटका लामो समय सम्म महशुस गरिएको थियो ।
भुकम्पको धक्का महसुस भएपछि सर्वसाधारण बाहिर निस्केका थिए ।

 चीनको तिवेट नजिकै सिगात्सेदेखि ३५ किलोमिटर नजिकै भूकम्प गएको बताइएको छ

भूकम्पको धक्का केहि सेकेण्डसम्म आइरहेकाले काठमाडौंका बासिन्दा घरबाहिर निस्किएका थिए । यो भूकम्पको धक्का मधेश, कोशी प्रदेशलगायतका जिल्लामा पनि अनुभव गरिएको थियो । भूकम्पबाट के कति क्षति भएको हो बिषयमा अहिले विवरण आइपुगेको छैन ।

भूकम्पको धक्का भारत, वंगलादेश, चीनसम्म पुगेको थियो

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै