प्रचण्ड’ र पूर्वराज ज्ञानेन्द्र शाहबीच उठबस सुरु भएको: प्रधानमन्त्री ओली – Sagarmathapana:: Online News Portal

प्रचण्ड’ र पूर्वराज ज्ञानेन्द्र शाहबीच उठबस सुरु भएको: प्रधानमन्त्री ओली

   २०८१ पुष २१ गते  

काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराज ज्ञानेन्द्र शाहबीच उठबस सुरु भएको प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आजदेखि सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा माओवादीले पूर्वराजा र राजावादीहरुसँग बाक्लो उठबस गरिरहेको उल्लेख गरेका छन् ।

माओवादी राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्धत रहेको ओलीको निष्कर्ष छ । ‘ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्दत देखिएको छ। पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ,’– माओवादीप्रतिको दृष्टिकोण सार्वजनिक गर्दै ओलीले भनेका छन् ।

साथै, माओवादीले आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’ को विरुद्ध उग्र समूहहरूसँग मोर्चाबन्दी गरिरहको ओलीको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै