नेपाल भ्युज अनलाइनका पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु – Sagarmathapana:: Online News Portal

नेपाल भ्युज अनलाइनका पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु

   २०८१ पुष २० गते  

काठमाडौं । नेपाल भ्युज अनलाइनमा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीमा हृदयघातको लक्ष्य देखिए पनि मृत्युका खास कारण थाहा भइसकेको छैन ।

पुडासैनी  माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायत मिडियामा काम गरिसकेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै