शेरा दरबार प्रकरण माओवादीसँग जोड्नु भ्रामक र बदनियतपूर्ण: प्रचण्ड – Sagarmathapana:: Online News Portal

शेरा दरबार प्रकरण माओवादीसँग जोड्नु भ्रामक र बदनियतपूर्ण: प्रचण्ड

   २०८१ पुष १८ गते  

काठमाडौं। शेरा दरबार जग्गा प्रकरणको विषयलाई लिएर माओवादी र नेतृत्वलाई लक्षित गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  ‘प्रचण्ड’ को सचिवालयले प्रचण्डको सचिवालयले धारणा सार्वजनिक गर्दै शेरा दरबार प्रकरण माओवादीसँग जोड्नु भ्रामक र बदनियतपूर्णसमेत रहेको बताएको छ ।

उक्त प्रकरणका अभियुक्तहरूमाथि छानविन गरी कानुनी कार्वाही गर्न माओवादीले सरकारसँग मागसमेत गरिसकेको उल्लेख गर्दै प्रचण्डको सचिवालयले भनेको छ, ‘अभियुक्त जुनसुकै आस्था, दल वा समुदायको होस्, पूर्वाग्रह नराखी अनुसन्धान र कार्वाही गर्नुपर्छ भन्नेमा हामी दृढ र स्पष्ट छौँ।’

भ्रष्टाचार र अनियमिततामा जोसुकै जोडिए पनि निष्पक्ष छानविन गरी कार्वाही गर्नुपर्ने अठोटका साथ माओवादीले सुशासनको मुद्धालाई प्राथमिकता दिएका भन्दै प्रचण्डको सचिवालयले आधार र प्रमाण बिनाको कपोलकल्पित कूप्रचार बन्द गर्न भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै