गिरीबन्धु टी स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने: अध्यक्ष पुष्पकमल दाहाल – Sagarmathapana:: Online News Portal

गिरीबन्धु टी स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने: अध्यक्ष पुष्पकमल दाहाल

   २०८१ पुष १६ गते  

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरीबन्धु टी स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताउनुभएको छ ।

 झापाको गौरादहमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सबै भन्दा बढी झेली भएको टिप्पणी समेत गर्नुभयो ।

मुलुकमा भएका भ्रष्टाचारको उजागर गर्न खोज्दा आफू नेतृत्वको सरकारलाई जालझेल गरी हटाइएको उहाँको भनाई थियो । अहिलेको गठबन्धन सरकार अलोकतान्त्रिक र असंवैधानिक रहेको दाहालको आरोप छ ।

प्रतिपक्षी दलका नेता दाहालले प्रधानमन्त्री ओलीको गृहजिल्लामा आयोजित कार्यक्रममा उहाँको चर्को आलोचना गर्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै