माओवादीले गरेको सशस्त्र विद्रोहलाई जनयुद्ध नभन्नू भनेर गरेको आदेश गरेको भन्दै उनले सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लको नामै लिएर प्रश्न गरेका छन्।
बिहीबार माओ दिवसमा अवसरमा आयोजित कार्यक्रममा विप्लवले भने, ‘अस्ति मात्रै प्रधानन्यायाधीश, सपना प्रधान मल्ल न्यायाधीशले जनयुद्ध नभन्नू भनेर प्रतिबन्ध लगाएको, फैसला गरेको कुरा पनि हामीले सुन्यौँ। जनयुद्ध नभएर के हो त यो? अरू त ठिक छ, तर सपना मल्ललाई एउटा सोध्न मन लागेको छ। सपना मल्लको हात काप्यो कि कापेन? जनयुद्ध होइन भन्दा हात थरथर हुनुपर्छ कि पर्दैन?’
उनले महिला, श्रमिक र हेपिएका जनतालाई सत्ताको मालिक कसले बनाएको भन्दै प्रश्नसमेत गरे। ‘नेपालमा महिला, श्रमिक, हेपिएका जातिहरूलाई सत्ताको मालिक बन्ने ठाउँमा, फैसला गर्ने ठाउँमा कसले पुर्यायो होला? महिलाहरूलाई बन्दुक कसले बोकायो? महिलाहरूलाई कमान्डर कसले बनायो? महिलाहरूलाई नेता कसले बनायो?’
उनले थपे, ‘न्यायालयले के लेख्न खोजेको?’
गत मंसिर २६ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२ को उपधारा ५ को विपरीत रहेको, संविधानसभाको संवैधानिक समितिले समेत अस्वीकृत गरिसकेकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म हाल प्रयोग नगरी यथास्थितिमा राख्न भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।












