न्यायाधीश नितिज राईको इजलासमा रवि लामिछानेको बयान आजबाट सुरु – Sagarmathapana:: Online News Portal

न्यायाधीश नितिज राईको इजलासमा रवि लामिछानेको बयान आजबाट सुरु

   २०८१ पुष ११ गते  

काठमाडौ। न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको इन्कारी बयान सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा भएको बयानका क्रममा उनले आफूमाथि लागेका सबै आरोपहरु इन्कार गरेका छन् ।

स्रोतका अनुसार लामिछानेले कुनैपनि कसुरमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । प्रतिवादीहरुमध्ये छविलाल जोशी र लिला पछाईँको बयान सकिइसकेको छ ।

लामिछानेको बयान आज नसकिएकाले भोलिपनि जारी रहने बताइएको छ । प्रतिवादीहरुको बयान सकिएसँगै उनीहरुको थुनछेक बहस हुनेछ । थुनथेक बहसबाट लामिछानेसहितका प्रतिवादीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नेकी धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने टुङ्गो लाग्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै