जोसेफको छोरा जेम्स’को हड्डीको बक्स क्रिसमस अघि प्रदर्शनमा – Sagarmathapana:: Online News Portal

जोसेफको छोरा जेम्स’को हड्डीको बक्स क्रिसमस अघि प्रदर्शनमा

   २०८१ पुष १० गते  

काठमाडौं।  येशू ख्रीष्टको भाइको हड्डीको बक्स फेरि एक पटक समाचार बनेको छ । खासमा यो इजरायलमा पाइएको दाबी गरिएको छ।

यो बक्सा २००० वर्ष भन्दा पुरानो हो। हाल यो बक्सलाई अमेरिकाको एक प्रदर्शनीमा राखिएको छ, त्यसपछि यो फेरि मिडियामा चर्चामा आएको छ । सो बाकसमा अरामी भाषामा ‘जोसेफको छोरा जेम्स’ लेखिएको छ। संसारका पुरातात्विक विज्ञहरूले यसलाई येशूको समयको सबैभन्दा महत्त्वपूर्ण वस्तु भनेका छन्। यो बाकस चूना ढुङ्गाबाट बनेको छ र कुँदिएको छ।

यस अस्थिमा, ‘जेम्स, जोसेफका छोरा’ अर्थात येशुका भाइ भनेर अरामी भाषामा लेखिएको छ। जसका कारण पुरातत्वविद्हरूले जेम्स द जस्टको अवशेष यस बाकसमा कुनै समय राखेको हुनसक्ने अनुमान गरेका छन् ।

खासमा जेम्स जेरूशलेममा ईसाईहरूको पहिलो धार्मिक नेता थिए। जेम्स येशूका भाइ थिए र जसलाई क्रुसमा टाँगिएको थियो। उनी यरूशलेममा ईसाईहरूको पहिलो नेता हुनुहुन्थ्यो। जानकारीका अनुसार हाल अमेरिकाको एट्लान्टास्थित पुलम्यान यार्डमा क्राइस्टका समयका ३५० वटा ऐतिहासिक कलाकृति प्रदर्शनीमा राखिएको छ ।

जानकारीका अनुसार यो बक्स सन् १९७६ मा फेला परेको थियो । तर धेरै बाइबलीय पुरातात्विक खोजहरू जस्तै यो कास्केट विवादमा फसेको थियो, जब यो २००२ मा सार्वजनिक रूपमा अनावरण गरिएको थियो।

तर, पछि २००३ मा यसको मालिक ओडेड गोलानलाई यो पुरातात्विक वस्तु माथी जालसाँझी गरेको आरोप लगाइएको थियो, उनले चुनढुङ्गाको सो बाकासमा ‘ब्रदर अफ जीसस’ भन्ने वाक्यांश थपेको विज्ञहरुको आरोप छ । यो आरोपपछि गोलनले आफ्नो नाम निर्दोष बनाउनका लागि संघर्ष गरेका थिए तर १० वर्षको सुनुवाइपछि उनी निर्दोष साबित भए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै