इजरायल पठाइदिन्छु भन्दै रकम ठगी अभियोगमा २ जना पक्राउ – Sagarmathapana:: Online News Portal

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी अभियोगमा २ जना पक्राउ

   २०८१ पुष ९ गते  

काठमाडौँ । वैदेशिक रोजगारमा इजरायल पठाइदिन्छु  भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौँ टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ र मलेसिया पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।

सम्पर्कविहीन भएपछि पीडितहरूको प्रहरीलाई उजुरी गरेको थियो । सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किशानलाई शुक्रबार  र  युवकलाई  शनिबार   काठमाडौँ रत्नपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै