रवि लामिछानेको तस्विर खिचेको आरोपमा पक्राउ परेका निकोलश भुसाल रिहा
काठमाडौँ। डा. निकोलश भुसाललाई हिरासतमा राख्न म्याद दिन कास्की जिल्ला अदालतले अस्वीकार गरेको छ ।
हिरासतमा रहेका रवि लामिछानेको तस्विर खिचेको आरोपमा काठमाडौँबाट नियन्त्रणमा लिएर पोखरा पुर्याइएका भुसाललाई प्रहरीले अदालत पेश गरेको थियो ।
तर कास्की जिल्ला अदालतले हिरासतमा राख्न म्याद नदिएपछि आफन्तको जिम्मा लगाउने तयारी भएको कास्की प्रहरीका प्रवक्ता बसन्त शर्माले जानकारी दिए ।
आक्रोशित मुद्रामा उनले भने,’हिरासतमा राख्न म्याद माग्दै अदालतमा गएका थियौँ, अदालतले म्याद नदिएपछि अब छोड्ने त होलानी’।












