कुहिएको नरिवल बेच्ने भाटभेटनी सुपरमार्केटलाई कारवाही – Sagarmathapana:: Online News Portal

कुहिएको नरिवल बेच्ने भाटभेटनी सुपरमार्केटलाई कारवाही

   २०८१ पुष ६ गते  

काठमाडौँ । कुहिएको नरिवल बेचेको भन्दै भाटभेटनी सुपरमार्केटलाई कारवाही गरिएको छ ।

अनुगमनका क्रममा उपभोक्ताको लागि बेच्न राखिएको नरिवल कुहिएको भेटिएपछि काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपरमार्केटको त्रिपुरेश्वर आउलेटलाई कारवाहीस्वरुप २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

गत मंसिर १९ गते महानगरप्रहरीसहितको टोलीले गरेको अुनगमनका क्रममा भाटभटेनीमा ढुसी परेको, कुहिएको नरिवल प्याक गरेर बेच्न राखिएको पाइएको थियो । अनुगमनका क्रममा महानगरप्रहरीले भाटभटेनीको त्रिपुरेश्वर आउटलेटबाट ४४ प्याकेट अखाद्य (ढुसी परेको) नरिवल बरामद गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै