टेलिचलचित्र ‘माइतीघर’ बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने – Sagarmathapana:: Online News Portal

टेलिचलचित्र ‘माइतीघर’ बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने

   २०८१ पुष ६ गते  

काठमाडौं । सामाजिक विषय वस्तुमा आधारित रहेर निर्माण भइरहेको धाराबाहिक टेलिचलचित्र ‘माइतीघर’ बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने भएको छ ।

मणिलिङ्गेश्वर फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माता नवराज अधिकारी र इश्वरी प्रसाद अधिकारीले निर्माण गरेको उक्त टेलिचित्र ‘माइतीघर’ यही पुष १९ गतेबाट हरेक शुक्रबार राति ७ः३० मा प्रसारण हुने भएको हो ।

टेलिचलचित्रका निर्माता नवराज अधिकारीले यस टेलिचलचित्रलाई धाराबाहिक रुपमा निरन्तर निर्माण गरिने बताए । सामाजिक र सचेतनामूलक मनोरञ्जनका लागि यो टेलिचलचित्र निर्माण गरिएकोले त्यस्ता भिडियो सामाग्री हेर्न चाहने दर्शकहरुको चाहना पुरा गर्न सक्ने विश्वास अर्का निर्माता इश्वरी प्रसाद अधिकारीको रहेको छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको टेलिचलचित्रमा सितल के.सी., सपना श्रेष्ठ, इश्वरी प्रसाद अधिकारी, नवराज अधिकारी, जानुका विश्वकर्मा, विद्या भट्टराई, बद्री पुडासैनी, करिस्मा खतिवडा, कमल प्रसाद शर्मा शिवराज शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मरुभूमि नारायण मिश्रको छायाँकन, शंकर अधिकारी ‘घायल’को गीत, विकाश चौधरीको संगीत तथा अर्जुन थापाको सम्पादन रहेको छ ।

यो टेलिचलचित्र टेलिभिजनका साथै आधिकारिक युट्युब च्यानल ‘माइतीघर अफिसियल’बाट पनि हरेक शुक्रबार राति ७ः३० बजेकै समयमा प्रसारण हुने जानकारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै