प्रधानमन्त्री अस्वस्थ बनेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री अस्वस्थ बनेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण

   २०८१ पुष ५ गते  

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अस्वस्थ बनेपछि ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा  इन्डोस्कोपी गरिएको छ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताइन्। ‘समस्या भएर होइन नियमित परीक्षण हो।’ उनले भनिन्। ‘इन्डोस्कोपी परीक्षणमा कुनै समस्या देखिएन।’

इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसे। बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो। यस्तै नास्टको पूर्वनिर्धारित कार्यक्रममा समेत उनी सहभागी भएनन्।

प्रधानमन्त्री ओलीको आज पनि कुनै सार्वजनिक कार्यक्रम नराखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  यद्यपि ओलीले नियमित भेटघाट भने गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै