‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले नयाँ फिल्म “दशमी”बनाउने – Sagarmathapana:: Online News Portal

‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले नयाँ फिल्म “दशमी”बनाउने

   २०८१ पुष १ गते  

काठमाडौं। शनिबार भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा 
स्क्रिप्ट पूजा गर्दै फिल्म दशमी निर्माण घोषणा गरिएको छ ।
‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले नयाँ फिल्म बनाउने 
भएका हो ।

आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति पनि तय गरिएको छ । योसँगै दशैंमा रिलिज हुने फिल्मको संख्या आधा दर्जन नाघेको छ ।

रेड आई फिल्म्स तथा रोमन फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको ‘दशमी’मा राजकुमार पण्डित प्रस्तुतकर्ताको रुपमा छन् । उनले यसअघि ‘ज्वाइँ साब’को पनि निर्माण गरेका थिए । राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य निर्माता रहेको फिल्ममा दीलिप रानाभाटको लेखन छ ।

 

dashai movie

पोस्टर डिजाइनरको रुपमा सक्रिय टौवा क्रिएसनका विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन म्यानेजरमा दीलिप पन्त छन् । ‘दशमी’को कथावस्तु र कलाकारको बारेमा भने जानकारी गराइएको छैन । शीर्षकले फिल्मको कथा दशैंको परिवेशमा केन्द्रित रहने संकेत गर्छ । फिल्मको छायांकन आगामी फागुन दोस्रो हप्तादेखि सुरु गरिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै