२०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने
काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ । साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ ।९२ हजार दर्शक क्षमता भएको रियादको किङ सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने चर्चा छ ।













