चलचित्र ‘सोल्टिनी’ निर्माणको घोषणा:प्रकाश सपुर र परीक्षा लिम्बु शिर्ष भूमिकामा
काठमाडौं, प्रकाश सपुर र परीक्षा लिम्बुको शिर्ष भूमिकामा नयाँ चलचित्र ‘सोल्टिनी’ निर्माणको घोषणा गरिएको छ ।
चलचित्र ‘रङ्गेली’ निर्देशन गरिसकेका अर्जुन सुवेदीले यो चलचित्र निर्देशन गर्न लागेका हुन् ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ । यसैबीच यो चलचित्रको पात्र परिचय भिडियो पनि सार्वजनिक गरिएको छ ।
चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।












