राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय एकतामा जोड: प्रचण्ड – Sagarmathapana:: Online News Portal

राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय एकतामा जोड: प्रचण्ड

   २०८१ मंसिर २६ गते  

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आयोजित खबरदारी सभालाइ सम्बोधन गर्दै विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।  प्रचण्डले सबैलाई यसमा सहयोग गर्न पनि आग्रहसमेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको रुण रोप्ने काम गरिएको स्पष्ट पार्दै भने,  ‘विगतका सबै अनुभवबाट शिक्षा लिंदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको रुण रोप्ने काम गरिएको छ ।’

उनको थप भनाइ थियो, ‘मेरो तेस्रो कार्यकाल अझ चुनौतिपूर्ण थियो । यो बेला देश, पार्टी र व्यवस्थाकै लागि पनि गर या मरको स्थिति नै थियो । त्यो बेला मैले सुशासन, सामाजिक न्याय र आर्थिक संकटको अन्त्य गर्न गम्भिरतापूर्वक पहल लिए । मैले सुशासनको कुरा गर्दा भ्रष्टाचारका विरुद्ध भ्रष्ट नेता, कर्मचारी वा व्यापारी जो सुकै भएपनि छुट नदिले, आफ्नै पार्टीकै भएपनि नछोड्न निर्देशन दिए । पक्ष विपक्षी कसैलाई काखापाखा गरिन, अहिले आफना जोगाउने, अरूलाइ सक्काउने नीतिमा सरकार लागेको छ ।’

आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ३० हजार भन्दा कम ऋण लिएकाहरुको मोचन गरेकोसमेत स्मरण गरे ।

अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा दुई छिमेकीलाई सन्तुलनमा राखेर अघि बढेको स्मरण गर्दै भारत भ्रमणमा बेला गरिएका सिमा समस्या समाधान, विद्युत व्यापार सम्झौता, कृषि मलको सहज आपूर्ति तथा चीन भ्रमणका गरिएको नाका खोल्ने सहमति, दोस्रो कार्यकालमा गरिएको विआरआईमा सैद्धान्तिक सम्झौता महत्त्वपूर्ण रहेको बताए ।

यसपटकको चीन भ्रमणको बेला अहिलेका प्रधानमन्त्रीले पुरानै गरेका सहमतिलाई आफ्नो भनेर प्रचार गरेकोमा उनको दुःखेसो थियो ।  विश्वव्यापी तनावबाट नेपाल चनाखो बन्नुपर्ने उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय एकता कायम गर्नुपर्नेमा उनको जोड छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै