नेपाल प्रहरीको जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान – Sagarmathapana:: Online News Portal

नेपाल प्रहरीको जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान

   २०८१ मंसिर २२ गते  

काठमाण्डौ । राष्ट्र सेवक भएर राष्ट्र सेवामा सर्मपित हुन चाहानेहरुका लागि रोजगारीको अवसर सृजना भएको छ।

नेपाल प्रहरीले एक हजार दुईसय २३ जना जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार सूचना जारी गर्दै एक हजार दुईसय २३ जवानको लागि दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महासशाखा अन्तर्गत भर्ना छनोट शाखाले १,१६५ जवान, ४७ भान्छे, र ११ कुचीकार पदमा भर्ना खुलाएको हो ।

प्रहरीले आवेदन फारम तोकिएका प्रहरी तालिम केन्द्रहरू र जिल्ला प्रहरी कार्यालयहरूबाट उपलब्ध गराउने जनाएको छ।

फारम बुझाउने स्थानहरूको सूची :

कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर

मधेस प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, बाँके

सुदूरपश्चिम तालिम केन्द्र, दिपायल

साथै काठमाडौं, भक्तपुर, र ललितपुरसहित सबै जिल्ला प्रहरी कार्यालय।

इच्छुक उम्मेदवारहरूले फारम भर्ने र बुझाउने समय नछुटाउनुहोला। थप जानकारीका लागि नजिकको प्रहरी कार्यालय वा तालिम केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै