रास्वपाका सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको भन्दै सो पार्टीले आपत्ति – Sagarmathapana:: Online News Portal

रास्वपाका सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको भन्दै सो पार्टीले आपत्ति

   २०८१ मंसिर २२ गते  

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि 
लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको भन्दै 
सो पार्टीले आपत्ति जनाएको छ ।

सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक राजनितिक दलका नेतालाई विभिन्न बाहानामा यातना दिने, अमानवीय, अपमानजनक तथा गैरन्यायिक कार्य गरेको भन्दै रास्वपाले आपत्ति जनाएको हो । सरकारको कार्यलाई गैरन्यायिक चाल भएको टिप्पणी गर्दै रास्वपाले सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायव गरिएको आरोप लगाएको छ ।

सरकारको यस कार्यले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको र यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्ने रास्वपाले विज्ञप्तीमा भनेको छ । लामिछाने कसुरदार नभई एक आरोपित मात्र भएको र सरकारको कानुनी प्रक्रियामा साथ दिएर नागरिक कर्तव्य निर्वाह गरिरहेको पार्टीले विज्ञप्तिमा भनेको छ । सरकारको कार्य संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत भएको रास्वपाको ठहर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै