फिल्म ‘खजुरे ब्रो’ युट्युबमा रिलिज – Sagarmathapana:: Online News Portal

फिल्म ‘खजुरे ब्रो’ युट्युबमा रिलिज

   २०८१ मंसिर २१ गते  

काठमाडौं। पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी अभिनेत्री 
नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ युट्युबमा रिलिज भएको छ । 
ओएसआर डिजिटल च्यानलले शुक्रबार फिल्म सार्वजनिक 
गरेको हो ।

सुरज सुनुवार निर्देशित फिल्म गत वैशाख २८ मा हलमा रिलिज भएको थियो । फिल्म बक्स अफिसमा भने चलेन । फिल्ममा नीतिले धरानकी एक युवतीको भूमिका निर्वाह गरेकी छन् ।

फिल्मले मित्रता र पैसाले श्रीमान–श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ । धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको यो फिल्ममा नीतिका साथै महेश त्रिपाठी र रिअर राईको मुख्य भूमिका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै