सूर्यदर्शन सहकारीको सञ्चालक समिति सदस्य विमानस्थलबाट पक्राउ – Sagarmathapana:: Online News Portal

सूर्यदर्शन सहकारीको सञ्चालक समिति सदस्य विमानस्थलबाट पक्राउ

   २०८१ मंसिर २१ गते  

काठमाडौं / सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङलाई पक्राउ गरेको छ।

कतार जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पोखरा स्थायी घर भएका गुरुङ सूर्यदर्शन सहकारीको सञ्चालक समिति सदस्य हुन्। उनीविरुद्ध पनि कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै