रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ – Sagarmathapana:: Online News Portal

रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

   २०८१ मंसिर २१ गते  

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया  पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

रकम ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका-६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जिव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सन्जिवले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सोल्टिमोडबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै