संगीत रोयल्टी सङ्कलन समाज र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बिच बिबाद – Sagarmathapana:: Online News Portal

संगीत रोयल्टी सङ्कलन समाज र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बिच बिबाद

   २०८१ मंसिर २० गते  

काठमाडौँ :सार्वजनिक यातायातमा सवारीको प्रकृती र सिट सङ्ख्याका आधारमा व्यवसायीबाट बार्षिक रुपमा ३ हजार ३ सय ९० रुपैयाँसम्म रोयल्टी बुझाउन रोयल्टी सङ्कलन समाजले पत्राचार गरेपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले विरोध जनाएको छ ।

सार्वजनिक यातायातमा गीत संगीत बजाए वापत् रोयल्टी बुझाउन संगीत रोयल्टी सङ्कलन समाजले गरेको आग्रहप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विरोध गरेको हो ।

रोयल्टी सङ्कलन समाजले आफूहरुको सहमति विना व्यवसायीहरुलाई १० दिन भित्र रोयल्टी संकलन गर्न भनेको महासङ्घका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच, महासङ्घले विज्ञप्ति मार्फत रोयल्टी संकलन समाजको पत्राचारको कार्यान्वयन नगर्न व्यवसायीलाई आग्रह समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै