धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई दिए धम्की – Sagarmathapana:: Online News Portal

धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई दिए धम्की

   २०८१ मंसिर २० गते  

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई धम्की दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकार  गोपाल दाहाललाई धम्की दिएका हुन् । उनले ‘खोज पत्रकारिताको अन्त्य गरिदिन्छु’ भन्दै चेतावनी दिएका छन्।

साम्पाङले आफ्नो स्टाटसमा  “‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि  १० बजे तुरुन्तै हाजिर हुनु । अन्यथा, तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’  साथै, उनले  बिहान १० बजे पत्रकार सम्मेलनमा उपस्थित हुन उर्दीसमेत जारी गरेका छन्।

यसबाहेक, साम्पाङले अर्को स्टाटसमा भनेका छन्, ‘मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! नत्र तँ मूलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस नेपालमा ! जनकऋषि भन्ने पनि आउनु !’ जनकऋषि राई पत्रकार महासंघ सुनसरीका अध्यक्ष हुन् भने पत्रकार गाेपाल दाहालले केही दिनअघि खोज पत्रकारिता केन्द्रका लागि मेयर साम्पाङको मनमौजी शासन शैलीसम्बन्धी समाचार प्रकाशित गरेका थिए।

हर्क साम्पाङकोस फेसबुक स्टाटस

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै