पत्नी कुटपिट गरेको किटानी जाहेरीमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ – Sagarmathapana:: Online News Portal

पत्नी कुटपिट गरेको किटानी जाहेरीमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ

   २०८१ मंसिर १९ गते  

काठमाडौं– घरेलु विवादमा पत्नीको ज्यान मार्ने उद्देश्यले निर्घात कुटपिट गरेको किटानी जाहेरीका आधारमा प्रहरीले सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरेको छ।

उनी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत छन्।

भट्टविरुद्ध उनकी पत्नीका दाजुले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी गरेका छन्। शनिबार उनले पत्नीमाथि निर्घात कुटपिट गर्दा जयन्ती भट्ट उपचारका क्रममा अहिले धनगढी अस्पतालमा छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै