रोल्पामा पहिरोमा पुरिएर तीन पुरुष र दुई महिलाको मृत्यु – Sagarmathapana:: Online News Portal

रोल्पामा पहिरोमा पुरिएर तीन पुरुष र दुई महिलाको मृत्यु

   २०८१ मंसिर १६ गते  

काठमाडौँ :रोल्पामा पहिरोमा पुरिएर तीन पुरुष र दुई महिलाको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट झण्ठै ४० किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

पहिरोमा पुरिएर तीन पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो ।

पहिरोमा परि सुनछहरी गाउँपालिका ३ बाहिरी गाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको हो ।

मृतक सबै एकै गाउँका भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुल बनाउने खाल्डोमा काम गरिरहेको अवस्थामा आज विहान पहिरो खस्दा कामदारहरु पुरीएका हुन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै