प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत :भ्रमण टोलीमा ८७ जना
काठमाडौँ : मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण सरकारले स्वीकृत गरेको छ।
बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो। भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ।
भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए। निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताए। न्युनतम संख्यामै जान लागिएको बताए। भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको बताए।
उनले भने, ‘प्रधानमन्त्रीज्युको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मंसिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ। एजेण्डाको बारेमा थप छलफल भइरहेको छ।’
प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको उनले बताए।












