अनलाइन जुवा कारोबारमा एक जना पक्राऊ-७५ वटा बैंक खाता – Sagarmathapana:: Online News Portal

अनलाइन जुवा कारोबारमा एक जना पक्राऊ-७५ वटा बैंक खाता

   २०८१ मंसिर १३ गते  

काठमाडौं। अनलाइनमा ५५ करोड बराबरको जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनिल राई पक्राउ परेका छन । अनलाइन जुवामा  कारोबार गरेका सुनिलसँग ७५ वटा बैंक खाता समेत भेटिएको छ ।

अनलाइनमा ५५ करोड बराबरको जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा उनी पक्राउ परेका हुन । पाँचथरको राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो

उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इसेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए । उनको मोबाइलमा बाइनान्स एप समेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै