सुनको मूल्यमा आज पनि उच्च गिरावट – Sagarmathapana:: Online News Portal

सुनको मूल्यमा आज पनि उच्च गिरावट

   २०८१ मंसिर ११ गते  

काठमाडौँ । सोमबार एकैदिन तोलामा १५ हजार नौसय रुपैयाँले घटेको सुनको मूल्य आज पनि दुई हजार ६ सय रुपैयाँ घटेको छ।हिजो सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँ थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ४८ हजार सातसय रुपैयाँ कायम भएको छ।

गएको आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो। सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुनको भाउ दुई दिनमै १८ हजार पाँचसय रुपैयाँ घटेको छ।

चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। तीन सातामै सुनको मूल्य २२ हजार तीनसय रुपैयाँ घटिसकेको छ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। हिजो एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठसय २० रुपैयाँमा झरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै