एनपीएलका लागि टिकटको मूल्य सार्वजनिक – Sagarmathapana:: Online News Portal

एनपीएलका लागि टिकटको मूल्य सार्वजनिक

   २०८१ मंसिर ११ गते  

काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूका लागि नेपाल क्रिकेट संघ क्यानले टिकटदर सार्वजनिक गरेको छ । क्यानका अनुसार एनपीएलको उद्घाटन खेलका लागि सामान्य टिकट ३ सय र भीआईपीका लागि ७ सय रुपैयाँ टिकट लाग्ने छ ।

लिग खेलका लागि सामान्यतर्फ ३ सय र भीआईपीका लागि ५ सय रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूका लागि सामान्यतर्फ ५ सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट तोकिएको छ ।

फाइलनका लागि सामान्यतर्फ ५ सय र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट ताेकिएको छ । यसैगरी सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४ सय ८० र भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकिएको छ । क्यानले खल्ती एफमार्फत टिकट खरिद गर्न सकिने  जनाएको छ ।

462563496_1745492166183780_690562311534931642_n-1732545495.png

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै